गोरखाखबर(गोरखा,२७ माघ) । मौसममा परिवर्तन संगै दुइसाता अघि गोरखाको विभिन्न भागमा हिमपात भए पछि हिउँ खेल्ने रहर त पुग्यो नै खेतीपाती राम्रो हुने भन्दै स्थानीय खुशी पनि भए । तर गत बुधवार मौसम परिवर्तन भए संगै फेरी गोरखाको लाप्राक ,बारपाक, गुम्दा, केरौजा,ल्हो, विही, प्रोक, सामागाउँ र छेकम्पार लगायतको ठाउँमा हिउँ पर्दा अहिले त्यहाँका वासिन्दाको जनजीवन रहर भन्दा पनि कष्टकर बनेको छ । बुधवार देखि लगातार हिउँ परे पछिको गोरखाको लाप्राक स्थित गुप्सीपाखा (फोटो फिचर)



