ऐतिहासिक गोरखा दरबारकै पुननिर्माण ओझेलमा


गोरखा खबर
  • मंगलबार, माघ २२ २०७५

  • गोरखाखबर(गोरखा,२२माघ) । गोरखाको बारपाक लाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले झण्डै ५ सय वर्ष भन्दा पुरानो ऐतिहासिक गोरखा दरबारमा पनि क्षति पुग्यो । तर भूकम्पले गएको ४६ महिना भइसक्दा पनि ऐतिहासिक गोरखा दरबारको अझै पुननिर्माण हुन सकेको छैन ।

    पुरातत्व विभागले ४ करोड ३७ लाख रुपियाँ लागतमा गोरखा दरबार पचली /शिवाको जेभी कन्ट्रक्शनलाई दिएको छ । २ वर्ष भित्र पुननिर्माण गरिसक्ने सम्झौता निर्माण कम्पनी संग भएता थियो । अहिले सम्म दरबारको जगको काम भइरहेको गोरखा दरबार हेरचाह अड्डाका सुचना अधिकारी रामेश्वर कट्टेलले जानकारी दिनुभयो ।राजा रामशाहको पालमा बनेको यही गोरखा दरबारमा पृथ्वीनारायण शाह जन्मनुका साथै राजकाज समेत चलाएको मानिन्छ । पुरात्तातित्व र ऐतिहासिक महत्व मात्रै होइन धार्मीक महत्वसमेत बोकेको गोरखादरबारको पुननिर्माणमा ढिलाई प्रति अवलोकन लागि आउने पर्यटकले समेत गुनासो गर्ने गरेका छन ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार