गोरखाखबर(गोरखा,२१माघ)। सरकार विभिन्न निर्णयको विरोध नेपाल विद्यार्थी संघ गोरखाले सोमवार साँझ निकालेको मसाल जुलुशमा प्रहरी हस्तक्षेप गरेको छ ।

तस्वीर सौजन्य : अन्जनबावु खत्री
नेविसंघको मसाल जुलुश गोरखाबजारको हरमटारी आइपुग्दा प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरी र नेविसंघ कार्यकर्ता बीच केही बेर मसाल खोसाखोस भएको थियो ।
यसैबीच सरकारको विभिन्न कदमको विरोधमा काँग्रेसले दिउँसो गोरखाबजारमा विरोध प्रर्दशन गरेको थियो ।नेपाली काँग्रेसको पार्टी कार्यालयबाट शुरु भएको विरोध -याली हरमटारी पुगेर कोणसभामा परिणत भएको थियो ।