गोरखाखबर(गोरखा,१८माघ)। भूकम्पले भत्केको गोरखा शहिद लखन गाउँपालिका वडा नं ७ बुंकोट स्थित प्रहरी चौकीको पुननिर्माण सम्पन्न भएको छ ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणको एक करोड ४४ लाख ८९ हजार १ सय ४४ रुपियाँ लागतमा प्रहरी चौकीको पुननिर्माण सम्पन्न भएको हो ।
बुंकोट प्रहरी चौकीको नवनिर्मित भवनको एक समारोह बीच गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दानसिंह बोहराले उद्घाटन गर्नुभयो ।