गोरखाखबर(बारा,१२ माघ) । बारामा प्रमुख जिल्ला अधिकारी सहित सुरक्षाकर्मीहरु चढेको जीप दुर्घटना हुदा जीपमा सवार सशस्त्र प्रहरी बलका उपरीक्षक बलराम पोखरेलको मृत्यु भएको छ भने प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई सहित अन्य ३ जना घाइते भएका छन ।
घाइते मध्ये प्रमुख जिल्ला अधिकारी भट्टराईको अवस्था गम्भीर रहेको छ । कर्मचारी मिलन केन्द्र बाराले निजगढ स्थित शहिद हीरालाल पार्कमा आयोजना गरेको बनभोज कार्यक्रमबाट फर्कने क्रममा प्रमुख जिल्ला अधिकारी भट्टराई र सशस्त्रका एसपी पोखरेल चढेको ना.१ झ.१६३३ नम्वरको स्कार्पियो जीप रोकिराखेको ट्याक्टरको टेलरमा ठेक्किए पछि दुर्घटना भएको प्रहरीको भनाई छ ।