गोरखाको लाप्राक सहित विभिन्न स्थानमा हिमपात(फोटो फिचर)


गोरखा खबर
  • शनिबार, माघ १२ २०७५

  • गोरखाखबर(गोरखा,१२माघ) । गोरखाको लाप्राक लगायत विभिन्न दुर्गम भेगमा शनिवार पनि बिहानै देखि हिमपात भएको छ । हिमपातका कारण लाप्राकको गुप्सीपाखामा बनिरहेको भूकम्प पीडितका लागि नमुना बस्तीको काम पनि प्रभावित बनेको छ ।

    हिउँ परे पछि अत्यन्त चिसो बढेकोले जनजीवन कष्टकर बनेको लाप्राकबाट भीमराज गुरुङ्गले जानकारी दिनुभयो । लाप्राकको गुप्सीपाखा लगायतका स्थानमा २ फिट हिउँ जमेको छ । मौसममा आएको परिवर्तन संगै गतसाता बुधवार देखि गोरखाको लाप्राक ,छेकम्पार, सामागाउँ, ल्हो, विही ,प्रोक र केरौजा लगायतका स्थानमा हिउँ परेको स्थानीयले जनाएका छन ।
    हिउँले सेताम्मे भए पछिको लाप्राक (फोटो फिचर)

    प्रतिक्रिया

    सम्बन्धित समाचार