सगरमाथा आरोही पूर्णिमाले गरिन फोटो प्रर्दशनी


गोरखा खबर
  • बिहिबार, माघ ३ २०७५

  • गोरखाखबर(गोरखा,३माघ)।एकै वर्ष सगरमाथा र मनास्लु हिमाल आरोहण गरेकी फोटो पत्रकार पूर्णिमा श्रेष्ठले फोटो प्रर्दशनी गरेकी छिन । आफ्नो जन्मथलो गोरखाको आरुघाटमा हिमाल आरोही फोटोपत्रकार श्रेष्ठले फोटो प्रर्दशनी गरेकी हुन । आरुघाटमा जारी आरुघाट महोत्सवको अवसरमा हिमाल, पहाड , तराइका मुस्कुराइरहेकी विभिन्न एकसय महिलाको फोटो सहित आफूले सगरमाथा र मनास्लु हिमाल आरोहण गर्दाको फाटो प्रर्दशनीमा राखेकी हुन ।

    (प्रर्दशनी अवलोकन गर्न आएका लाई फोटो बारे जानकारी गराउँदै फोटो पत्रकार पूर्णिमा श्रेष्ठ)

    मनास्लु हिमाल पछि सगरमाथा आरोहणका क्रममा बेसक्याम्प सहित विभिन्न ठाउँमा मुस्कुराएको एकसय महिलाको फोटो प्रर्दशनी गरेकी थिइन । फोटो पत्रकारिता पेशा संगै आफूले सगरमाथा सहित दुई हिमाल चढे पछि जीवनमा थप उर्जा मिलेकोले अव ग्रेट हिमालय ट्रेल पदयात्रा गर्ने योजना रहेको हिमाल आरोही फोटो पत्रकार पूर्णमा श्रेष्ठ बताउँछिन ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार