विभिन्न क्षेत्रमा आरुघाट लाई चिनाउनेहरु सम्मानित


गोरखा खबर
  • आइतबार, पुष २९ २०७५

  • गोरखाखबर (गोरखा,२९ पुस) ।धेरैजसो मेला महोत्सवको प्राथमिकता नाँचगान लगायतका मनोरन्जनात्मक गतिविधि नै हुने गर्दछ । तर गोरखाको आरुघाटमा भइरहेको दोस्रो आरुघाट महोत्सवको शुरुवात नै आरुघाट लाई चिनाउनका लागि योगदान र सहयोग गर्ने व्यक्तिहरु सम्मानबाट भएको छ ।

    (सम्मानित हुदै आरुघाट काठमाण्डौं नेवार गुठी समाजका अध्यक्ष लक्ष्मीकिशोर श्रेष्ठ)

    दोस्रो आरुघाट महोत्सव आयोजक संस्था आरुघाट उद्योग वाणिज्य संघ र आरुघाट युवा क्लबले ३ जना लाई सम्मान गरेको छ । आरुघाट घर भई एकै वर्ष मनास्लु र सगरमाथा आरोहण गर्नुभएकी फोटोपत्रकार पूर्णिमा श्रेष्ठ , प्याराग्लाइडर बनाउने एक बहादुर आले र आरुघाट विकासका लागि पहलकर्ता काठमाण्डौं आरुघाट नेवार गुठी समाजका अध्यक्ष लक्ष्मीकिशोर श्रेष्ठ लाई दोसल्ला ओढाएर कदरपत्र सहित सम्मान गरेको हो । महोत्सवले रमाइलो मात्र गराउने भन्दा पनि सामाजिक प्रेरणाको काम पनि गर्न सक्नु पर्ने आयोजक आरुघाट उद्योग वाणिज्य संघका अध्यक्ष विश्वकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार