गोरखाखबर(गोरखा,२६पुस)। राष्ट्रिय सभा काँग्रेस संसदीय दलको नेता सुरेन्द्रराज पाण्डेले डा.गोविन्द केसी संग गरेको सम्झौता सरकारले पूरा गर्नुपर्ने बताएका छन ।
नेपाल प्रेस युनियनले बिहीवार गोरखामा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दैे नेता पाण्डेले सरकारले बहुमतको दम्भ देखाएर स्वास्थ्य लगायतका विभिन्न बिधेयकहरु अघि बढाएकोमा आपत्ति जनाए । वाइबडी विमान प्रकरणको सत्यतथ्य छानविन गरेर दोषी देखिएका लाई कारवाही गर्नुपर्ने र आफ्नै पार्टीका पूर्व मन्त्रीहरु दोषी देखिए पनि कारवाही हुनुपर्ने काँग्रेस सुरेन्द्रराज पाण्डेको भनाई छ ।