गोरखाखबर(गोरखा,२५पुस)। बच्चा जन्माएर फाल्ने गोरखाकी एक महिला लाई प्रहरी पक्राउ गरेको छ ।
चितवनको लेवाटार र गोरखाको ठेउवाटारमा रहेको पुलमा गत शनिवार आफूले जन्माएको बच्चा बोरामा पोको पारे फालेकी गोरखाको शहिद लखन गाउँपालिका वडा न. ४ की सुशीला चेपाङ लाई प्रहरी गएराती पक्राउ गरेको इलाका प्रहरी कार्यालय मुगलिङले जनाएको छ । प्रहरीका अनुसार बच्चा फाल्ने महिला विवाहित भए पनि एक्लै बस्दै आएकी थिइन । शनिवार भेटिएको बच्चाको भने उपचारको क्रममा मृत्यु भइसकेको छ । पक्राउ गरेको सुशिला लाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाएको छ ।