गोरखाखबर(गोरखा, २३पुस)। शिक्षा मन्त्री गिरीराजमणी पोखरेलले स्कुल जागिर खाने ठाउँ नभएको बताउँनुभएको छ । गोरखाको नाम्जुङ्ग स्थित जनशक्ति माध्यमिक विद्यालयको वार्षिक उत्सव तथा नवनिर्मित भवनको हस्तान्तरण कार्यक्रम बोल्दै मन्त्री पोखरेलले स्कुल शिक्षकले जागिर खाने ठाउँ नभइ ज्ञान हस्तान्तण र ज्ञान निर्माण गर्ने ठाउँ भएको जानकारी दिनुभयो ।
नेपाल सरकार शिक्षा मन्त्रालय पुननिर्माण इकाई मार्फत जापानी सहयोग नियोग(जाइका)को ५ करोड ८८ लाखको ऋण सहयोगमा उक्त विद्यालयको ५ कोठे भवनको निर्माण सम्पन्न भएको हो ।
(जापानी सहयोग नियोग(जाइका)को ऋण सहयोगमा पुननिर्माण भएको गोरखाको नाम्जुङ्ग स्थित जनशक्ति माविको भवन)
भूकम्पबाट भत्केको ४ सय ३४ विद्यालय पुननिर्माण गर्नुपर्ने गोरखा जिल्लामा जाइकाको ऋण सहयोगमा ६१ वटा विद्यालय पुननिर्माणको जिम्मा लिएकोमा अहिले सम्म १५ वटा विद्यालयको पुननिर्माण सम्पन्न भएको छ ।