गोरखा २ मा कांग्रेसबाट सुरेन्द्रराज पाण्डे आकांक्षी


गोरखा खबर
  • बुधबार, भाद्र १५ २०७९

  • गोरखाखबर (गोरखा,१५ भदौ)। आसन्न प्रतिनिधिसभा निर्वाचनमा गोरखा २ मा उम्मेदवार बन्नका लागि कांग्रेसबाट जम्मा एक जनाले मात्र आशयपत्र पेस गरेका छन्। केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेको मात्र आवेदन दर्ता भएको क्षेत्रीय सभापति गोविन्द गुरुङले जानकारी दिए। समानुपातिकतर्फ भने चार जना रहेको उनले बताए।

    सो क्षेत्र पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, पूर्व उपप्रधानमन्त्री तथा माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठको समेत गृह क्षेत्र भएकाले सो क्षेत्रको चुनावलाई महत्वका साथ हेरिएको छ।

    नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराई पनि माओवादीको चुनाव चिन्हबाट चुनाव लड्ने निर्णय गरिसकेपछि अब यहाँ गठबन्धनबाट भट्टराई, श्रेष्ठ वा पाण्डेमध्य को उम्मेदवार बन्लान् भन्ने अन्यौल नै छ।

    क्षेत्रीय समितिले उम्मेदवार बन्न आकांक्षीहरुलाई बुधवार अवेदन पेस गर्न सूचना जारी गरेको क्षेत्रीय सभापति गुरुङले बताए। ‘प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक जना सुरेन्द्रराज पाण्डेको मात्रै आवेदन परेको छ,’ उनले भने, ‘समानुपातिकतर्फ चार जना छन्।’

    समानुपातिकतर्फ कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सतार, पूर्व जिल्ला सभापति हरिबहादुर घले, महाधिवेशन प्रतिनिधि पिताम्बर बडु, अम्बिका न्यौपाने, गोमा ढकालले आवेदन दिएका उनले बताए।

    प्रतिक्रिया

    सम्बन्धित समाचार