गोली प्रहारबाट एक युवक गम्भीर घाइते


गोरखा खबर
  • सोमबार, साउन ३० २०७९

  • गोरखाखबर (रुपन्देही, ३० साउन) । रुपन्देहीको ओमसतियामा गोली प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । गएराति करिब ११ बजे गोली चल्दा सिद्धार्थनगर नगरपालिका–१ बेलहिया बस्ने ३१ वर्षीय विकास गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बेदबहादुर पौडेलले जानकारी दिनुभयो ।

    गुरुङको कम्मरमा गोली लागेको र भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको पौडेलले बताउनुभयो । रुपन्देहीको ओमसतिया–४ वसन्तपुरमा सडकमा हिँडिरहेको समयमा गुरुङमाथि गोली प्रहार भएको थियो । रोहिणी गाउँपालिका– १ बाइपास रोडको सिद्धार्थ रेष्टुराँमा एक समूहले गररगहना लुटेर भाग्ने क्रममा ओमसतियाको बसन्तपुरमा रहेको वडा कार्यालय अगाडि गुरुङसँग जम्काभेट भएपछि गोली प्रहार भएको प्रहरीको अनुमान छ । सो रेष्टुराँमा काउन्टरमा भएको केही नगद र दुई तोला बराबरको सुन लुटिएको छ । प्रहरीले होटल सञ्चालकसहित चार जनालाई लिएर अहिले सोधपुछ गरिहेको र थप अनुसन्धान भइरहेको जनाएको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार