गोरखाखबर( गोरखा,१२ असार) । गोरखाको पालुङटार नगरपालिका वडा नं ९ खारखोलामा रहेको पैदल पक्की पुलमा बाढीले क्षति पुगे पछि विद्यार्थीले विद्यालय जान समेत सास्ती खेप्नुपरेको छ । वर्षा संगै आइतवार आएको बाढीले खोला धार नै परिवर्तन भएर पुलको एककातर्फको भाग कटान गरेर खेत र पैदल बाटो समेत बगाए पछि विद्यालयका विद्यार्थी र आसपासका गाउँका मानिसहरु हिड्डुल गर्न समेत मुस्किल बनेको छ ।

पुल र पैदल बाटोमा क्षति पुगे पछि धर्माेदय माध्यमिक विद्यालय विद्यार्थीले जोखिमका बीच खोला तरेर जान बाध्य भएको स्थानीय दिपक अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार बिर्दी, खहरे, बुडुवा र भन्जाङ्ग डाँडा गाउँका मानिसहरुको समेत बाढीले बाटो र पुल बिगारे पछि आवातजावत रोकिएको छ ।