गोरखाखबर(गोरखा, ४ असार ) । गोरखाको शहिद लखन गाउँपालिका वडा नं ७ जामुनेमा घरमा शुक्रवार राती आगलागी हुदा एक वृद्धाको जलेर मृत्यु भएको छ । आगलागी बाट ७० वर्षीय केशरीमाया वस्तीको मृत्यु भएको हो । आगलागीबाट घर, भित्रका सबै सामान जलेर नष्ट हुनुका साथै वृद्धाको शव पनि पूर्ण रुपमा जलेको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए । घरमा आगलागी भएको कुरा स्थानीयले बिहान मात्र थाहा पाएका थिए ।