गोरखाखबर(गोरखा,१३चैत) । गोरखाको लाप्राक गुप्सीपाखाका बन फूलेको विभिन्न थरिका गुराँसले ढकमक्क छ । गाउँमा कार्यक्रम हुदा र नेता आउँदा समेत गुराँसकै फूलको माला लगाएर स्थानीयले पाँहुनाको स्वागत गर्छन । तर केही वर्ष यता गुराँस ढिलोचाडो फूल्न थाले पछि लाप्राककी चिरानी गुरुङ चिन्ता लागेको छ । गुराँस फूल मात्र नभई औषधीजन्य रुपमा पनि प्रयोग गरिन्छ । जलवायु परिवर्तनको असरले गर्दा उच्च पहाँडी र हिमाली भेगमा पाइने गुराँसको फूल्ने समयमा छिटो र ढिलो हुन थालेको छ । लालीगुराँस, सेतो, रातो चिमाल, सुनपाती, भाले सुनपाती जस्ता अनेक थरीका गरी नेपालमा ३३ प्रजातिका गुराँस पाइन्छन । गुराँसमा समेत देखिएको जलवायु परिवर्तनको असर बारे बेलैमा चनाखो हुने की ?