गोरखाखबर(गोरखा,७ मंसिर) । अस्थायी प्रहरी पोष्ट गोरखाको चनौटेमा कार्यरत हवल्दार जगन्नाथ अधिकारीले कात्तिक महिनाको उत्कृष्ट प्रहरी सम्मान तथा पुरस्कार पाएका छन । अजिरकोट गाउँपालिका ५ स्थित चनौटे बजारमा लागु औषध ओसार पसारमा संलग्न १ जनालाई १४ किलो ८०० ग्राम चरेश सहित पक्राउ गर्न सफल हुनुका साथै विभागीय नीति निर्देशन अनुरुप कुशलता पुर्वक कार्य सम्पादन गर्दै आएकोले हवल्दार अधिकारी लाई १ हजार नगद पुरस्कार सहित २०७८ कात्तिक महिनाको उत्कृष्ट प्रहरीका रुपमा सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । महिनाको उत्कृष्ट प्रहरी घोषित भएको जगन्नाथ अधिकारी लाई जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी शेखर खनालले कदरपत्र सहित खादा ओढाएर सम्मान गरे । जिल्ला प्रहरी कार्यालय गोरखाले जिल्ला भित्रमा कार्यरत प्रहरीहरु मध्ये उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई मासिक रुपमा प्रोत्साहन स्वरुप पुरस्कृत र सम्मान गर्दै आएको छ ।