गोरखा क्षेत्र नं २ बाट प्रदेश सांसदद्वय दवाडी र गुरुङ सहित २४ महाधिवेशन प्रतिनिधिमा चुनिए ( पाएको मत सहित)


गोरखा खबर
  • आइतबार, असोज १७ २०७८

  • गोरखाखबर(गोरखा, १७ असोज) । गोरखा क्षेत्र नं २ का प्रदेश सांसद प्रकाशचन्द्र दवाडी र मनकुमारी गुरुङ सहित २४ जना नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन । कूल ६ सय ९४ मत खसेकोमा सबैभन्दा धेरै ४ सय ३३ मत ल्याएर सांसद प्रकाशचन्द्र दवाडीले निर्वाचित भए । त्यस्तै प्रत्यक्ष महिला तर्फ ३ सय ३२ मत ल्याएर प्रदेश सांसद मनकुमारी गुरुङ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भइन । खुल्ला तर्फ प्रकाशचन्द्र दवाडी ४ सय ३३, पिताम्बर बडु ४ सय २६, दिपकबाबु कंडेल ४ सय २१, हरिबहादुर घले ४ सय ११, बेदप्रसाद काप्री ३ सय ४९, ओमबहादुर गुरुङ ३ सय १६, ध्रुब पन्त २ सय ९६, सलाउदीन मियाँ २ सय ९२, मोहन प्रकाश पोखरेल २ सय ६२ र सुभाष अधिकारीले २ सय ५३ मत ल्याएर महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन । आदीबासी जनजाती तीन अन्य तर्फ अशोककुमार गुरुङ ३ सय १३, नबिन श्रेष्ठ २सय ३९ र चेतमान श्रेष्ठले २ सय २८ मत ल्याएर महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन । त्यस्तै प्रत्यक्ष चार महिला तर्फ मनकुमारी गुरुङ ३ सय ३२, टिलु घले ३ सय २८, शोभा अधिकारी ३ सय १५, मिना अधिकारी २ सय ७० र आदिबासी जनजाती महिला तर्फ इन्द्र गुरुङ ४ सय ८, मसलिमाया थोकर ३ सय २१ र दलित महिला तर्फपार्वती नेपाली ३ सय ११ र खस आर्य महिला तर्फ रबिकला खनालले ३ सय ७६ मत ल्याएर महाधिवेशन प्रतिनिधिमा छनौट भएका छन । यसैगरी दलित तर्फ दिनेश सुनार ३ सय ६३, खस आर्य दुई अन्य तर्फ सुरेन्द्र भण्डारी ३ सय ११ र फडिन्द्र धितालले २ सय ५३ मत प्राप्त गरेर महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन । यस अघि नै अल्पसंख्यक तर्फ अब्दुल सतार मियाँ महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत भइसकेका छन ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार