गोरखामा ३ जनप्रतिनिधि मात्र नेकपा एकीकृत समाजवादीमा


गोरखा खबर
  • मंगलबार, भाद्र २२ २०७८

  • गोरखाखबर(गोरखा,२२ भदौं) । एमाले विभाजन पछि बनेको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा गोरखाका ३ जना जनप्रतिनिधि लागेका छन । गोरखामा एमाले बाट निर्वाचित ६२ जना जनप्रतिनिधि मध्ये २ वडाध्यक्ष र १ जना महिला सदस्य मात्र नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेको निर्वाचन कार्यालयले जनाएको छ । सनाखत गर्नेहरुमा आरुघाट गाउँपालिका वडा नं ३ का वडाध्यक्ष शिरबल बराम, वडा नं ५ का वडाध्यक्ष नारायणध्वज खड्का र गोरखा नगरपालिका वडा नं ८ महिला सदस्य कल्पना नेपाली रहेका छन । गोरखा जिल्लाका ११ स्थानीय तहमा १४ जना वडाध्यक्ष र कार्यपालिका सदस्य तथा वडा सदस्य ४८ जना गरी ६२ जना निर्वाचित जनप्रतिनिधि एमाले बाट निर्वाचित भएका थिए ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार