गोरखाखबर(गोरखा,१३ भदौं) । किसान लाई बिउ, बिरुवा, प्राविधिक तथा आर्थिक सहयोग गर्ने कार्यालय हो कृषि ज्ञान केन्द्र । तर खेती बाली लगायतका कृषिका विभिन्न विषयमा जानकारी दिलाउनका लागि कृषि ज्ञान केन्द्र गोरखाले किसानका लागि पुस्तकालय सञ्चालनमा ल्याएको छ । विभिन्न काम लिएर सदरमुकामको कृषि ज्ञान केन्द्र आएकाहरुले अहिले कार्यालयमा आफ्नो खेतीबाली संग सम्वन्धित पुस्तकहरु पढ्न पाए पछि खुशी भएका छन । पुस्तकालयमा एकैपटक धेरै जना बसेर पढ्न मिल्ने गरी सिसिटिभी जडान गरिएको अध्ययन कक्ष रहेको छ । विभिन्न अन्नबाली,तरकारी, फलफूल खेती प्रविधि, रोग तथा यसका नियन्त्रण लगायतका विषयका गरी करिब ५ सय भन्दा बढी पुस्तक राखिएको कृषि ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीले जानकारी दिए । किसान बाहेक पनि यस पुस्तकालयमा कृषि विषयका विद्यार्थीहरु पनि आउने गरेका छन । किसानका माग बमोजिम आवश्यकता अनुसार पुस्तकहरु थप्दै जाने कृषि ज्ञान केन्द्रको योजना छ ।