यसरी लगियो हेलिकप्टरमा चुमनुब्रीका लागि कोरोना विरुद्धको खोप (भिडियो सहित)


गोरखा खबर
  • शनिबार, साउन २ २०७८

  • गोरखाखबर(गोरखा,२ साउन ) । गोरखाको दुर्गम उत्तरी गोरखाका लागि कोरोना भाइरस विरुद्धको खोप हेलिकप्टर बाट ढुवानी गरिएको छ । सडक सञ्जाल संग नजोडिएको गोरखाको एकमात्र चुमनुब्री गाउँपालिका जाने पैदलमार्ग समेत बुढीगण्डकीले बगाएर आवातजावत समेत बन्द भए पछि खोप हेलिकप्टर बाट ढुवानी गरेको हो । उक्त गाउँपालिकाका लागि शनिवार गोरखा सदरमुकाम बाट ३ हजार डोज भेरोसेल खोप सिम्रिक एयरको हेलिकप्टर मार्फत लगिएको हो । चीन संग सीमा जोडिएको चुमनुब्री गाउँपालिकाका १८ देखि ५५ वर्ष सम्मका सबै नागरिक लाई खोप दिने योजना अनुसार अहिले ढुवानी गरिएको खोप सबै लाई पुग्ने स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । यस अघि पनि हेलिकप्टर बाट नै ढुवानी गरेर ५५ वर्ष माथिका नागरिक लाई खोप लगाइसकेको छ । शुक्रबार खोपसहित गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको टोली हेलिकप्टरमा उत्तरी गोरखा पुगेको खबर बाहिरिएपनि उक्त टोलीले खोप लगेको थिएन । खोप लाने भन्दै पोखराबाट उडेका उनीहरुले मास्क र सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री मात्र लगेका थिए । तर खोप भने गोरखामा स्वास्थ्य कार्यालयमै थन्किएएको थियो । उक्त टोलीमा गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङ, उर्जा, सिंचाइ तथा जलस्रोत मन्त्री हरिशरण आचार्य, प्रमुख सचिव डा। दामोदर रेग्मी थिए । खोप लानुको सट्टा उनीहरु हेलिकप्टरमा सयर गरेर मात्र फर्किएका थिए ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार