गोरखाखबर(गोरखा,२८ जेठ) । श्रीमती लाई नदिमा फाल्ने गोरखा च्याङलीका एक पुरुष लाई प्रहरीले पक्राउ गरेको छ । तनहुँको बन्दिपुर ४ र गोरखाको पालुङटार नगरपालिका वडा नं –७ जोड्ने नयाँपुलबाट आफ्नै श्रीमतीलाई मर्स्याङदी नदीमा फाल्ने पालुङटार नगरपालिका वडा नं ७ का ४४ वर्षीय राम बहादुर कामी लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । दाङ माइती भएकी ३६ वर्षीया सम्झना रेग्मी लाई शुक्रवार बिहान पुल बाट फालेको देखे पछि स्थानीयले प्रहरी लाई खबर गरेको थियो । नदिमा फालिएकी रेग्मीको खोजी कार्य जारी रहेको पनि प्रहरीले जनाएको छ ।