प्रदेश सरकारले मन्त्री, सांसद सहित स्वास्थ्य टोली बारपाक पठाउँदै


गोरखा खबर
  • बिहिबार, जेष्ठ १३ २०७८

  • गोरखाखबर(गोरखा,१३ जेठ) । गोरखाको बारपाकमा कोरोना संग मिल्दाजुल्दा लक्षण सहितको संक्रमण फैलिने क्रम बढे पछि गण्डकी प्रदेश सरकारले भौत्तिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतको नेतृत्वमा प्रदेश सांसद प्रकाशचन्द्र दवाडी सहित स्वास्थकर्मीको टोली शुक्रवार पठाउने भएको छ । टोलीमा प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद विन्दु शर्मा, तीनजना चिकित्सक, तीनजना नर्स, दुईजना ल्याब टेक्निसियन र एकजना मनोसामाजिक परामर्शदाता रहेनछ । कोरोना महामारी फैलिएको आशंका गरिएको बारपाक गाउँको अनुगमन गर्नुका साथै थप आवश्यकताहरु पहिचान गरिने प्रदेश सरकारका प्रवक्ता समेत रहेका भौत्तिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए । बारपाकमा कोरोनासंग मिल्दोजुल्दो लक्षण सहितको संक्रमण फैलिए पछि १२ जनाले ज्यान गुमाइसकेका छन भने ५ सय भन्दा धेरै स्थानीय संक्रमित भएका छन । बारपाक सुलिकोट गाउँपालिकाले संक्रमण नियन्त्रणका लागि संघीय सरकार, प्रदेश सरकार सहित सबैमा अनुरोध गरेको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार