नेतृ रामकुमारी झाक्री पक्राउ, अन्तिम लडाई भएको प्रतिक्रिया


गोरखा खबर
  • बिहिबार, माघ २९ २०७७

  • गोरखाखबर(गोरखा,२९ माघ) । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले शंखमूलस्थित उनको निवासबाट पक्राउ गरेको छ । कार्यकर्ताको चर्को नारावाजीका बीच झाँक्रीले गिरफ्तारी दिएकी हुन् । महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले झाँक्रीलाई पक्राउ गरेको हो । उनीमाथि राज्यविरुद्धको कसुर गरेको आरोपसहित पक्राउ गरिएको हो । राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको आरोपमा सोधपुछका लागि प्रहरीले झाँक्रीलाई बोलाएको थियो । पक्राउ पछि सामाजिक सञ्जालमा नेतृ झाक्रीले आफू लाई राज्य विरुद्ध कसुर अन्तरगत संविधानको धारा ५८ अनुसार पक्राउ पुर्जी जारी गरी गिरफ्तार पछि अपराध अनुसन्धान मिनभवनमा राखिएको जानकारी गराउदै सबै लाई धेरै गर्न आग्रह गरेका छिन । उनले लेखेकी छि – यो अन्तिम लडाई हो ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार