गोरखाखबर(गोरखा,१३ पुस) । गोरखामा लागु औषध सहित एकजना पक्राउ परेका छन । गोरखा नगरपालिका वडा नं ७ का वर्ष २१ नविन नेपाली लाई लागु औषध सहित प्रहरीले पक्राउ गरेको हो । गोरखा नगरपालिका वडा नं ६ पुरानो बसपार्कमा गोप्य सुचनाको आधारमा आइतवार खानसताली गर्दा उनको साथ बाट लागुऔषध बरामद गरेको भएको छ । उनले बोकेको झोलाबाट कालो रंग प्लाष्टिकमा पोको पारेर लुकाई राखेको अवस्थामा डाईजेपाम, एम्पुल थान ३८, नुफिन एम्पुल थान३७, फेनारगन एम्पुल थान३५ गरी लागु औषध एम्पुल जम्मा ११० थान फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । प्रहरीका अनुसार लागु औषध डाईजेपाम समेत शिर्षकमा मुद्दा दर्ता गरी २० म्याद थपको अनुमति लिएर अनुसन्धान शुरु गरेको छ ।