थपिए १०९६ संक्रमित, कोरोनाले १७ जनाको मृत्यु


गोरखा खबर
  • आइतबार, मंसिर २१ २०७७

  • गोरखाखबर(काठमाण्डौ.,२१ मंसिर) । नेपालमा आइतवार थप १ हजार ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४० हजार ९ सय ८१ पुगेको छ । देशभर कोरोना भाइरसको संक्रमणबाट १७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय ९४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार