गोरखाखबर(गोरखा,१३ मंसिर) । नेपाल प्रेस युनियन गोरखाका अध्यक्ष नरेन्द्र ढकाल लाई कोरोना संक्रमण पुष्टि भएको छ । गोरखापत्र दैनिक र रेडियो गोरखामा उनको स्वाबको पोखरामा गरिएको प्रयोगशाला परिक्षणमा शुक्रवार कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्यमा समस्या आए पछि ढकालले गत बुधवार स्वाब दिएका थिए । स्वास्थ्यकर्मी संग परामर्श गरेर आफू होम आइसोलेसन बसेको र स्वास्थ्य अवस्था सामान्य रहेको ढकालले बताए । यस अघि गोरखाका पत्रकार भीमलाल श्रेष्ठ र रेनु श्रेष्ठ लाई पनि कोरोना संक्रमण भएकोमा उनीहरु संक्रमणमुक्त भइसकेका छन ।