गोरखामा कोरोनाले एक वृद्धको मृत्यु


गोरखा खबर
  • मंगलबार, मंसिर २ २०७७

  • गोरखाखबर(गोरखा,२ मंसिर) । कोरोनाले गोरखामा मंगलवार एक वृद्धको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएका गोरखाको पालुङटार नगरपालिका वडा नं ७ का ८३ वर्षीय एक पुरुषको  उपचारका क्रममा गोरखा अस्पतालमा मृत्यु भएको हो । संक्रमण पुष्टि भए पछि गत कात्तिक २७ गतेबाट अस्पताल भर्ना भएका थिए । फोक्सोको क्यान्सर बाट पीडित उनको आइसीयुमा उपचारकै क्रममा मृत्यु भएको गोरखा अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार