गोरखा नगरपालिकाका ३२ सहित ३५जनामा कोरोना संक्रमण पुष्टि


गोरखा खबर
  • शुक्रबार, कार्तिक २८ २०७७

  • गोरखाखबर(गोरखा,२८ कात्तिक) । गोरखा नगरपालिका भित्रका ३२ जना सहित जिल्लाभर ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखा नगरपालिकाका विभिन्न वडाका १७ पुरुष र १५ महिला गरी ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । गोरखा नगरपालिका वडा नम्बर ५ मा २ जना पुरुष, वडा नम्बर ६ मा ३ जना पुरुष, ५ जना महिला, ८ मा ६ जना पुरुष र ७ जना महिलामा कोरोना संक्रमण भएको छ । त्यस्तै वडा नम्बर ९ मा ४ जना पुरुष र ३ जना महिला र १० मा १ जना पुरुषमा संक्रमण पुष्टी भएको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।संक्रमण पुष्टि हुनेहरुमा नगरपालिकाका कर्मचारीहरु पनि रहेका छन । गोरखा नगरपालिकाले कन्ट्याक्ट ट्रेसिङका क्रममा गत कात्तिक २४ गते ९४ जनाको स्वाब गरेर प्रयोगशाला परीक्षणका लागि क्षयरोग उपचार केन्द्र, पोखरा पठाएकोमा ३२ जनामा संक्रमण पुष्टि भएको गोरखा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले जानकारी दिए । यसैगरी पालुङटार वडा नं २ का ५१, २५ वर्षीया महिला र वडा नं ६ का ६२ वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार