गोरखाखबर(गोरखा,७ असोज) । गोरखा क्याम्पस आइसोलेसनबाट कोरोना संक्रमण निको भएर एक महिला बुधवार डिस्चार्ज भएकी छिन । गोरखा नगरपालिका वडा नं ७ की २५ वर्षीया महिला निको भएर घर फर्किएकी हुन । प्रयोगशाला परीक्षणका क्रममा उनको पिसिआर रिपोर्ट नेगेटिभ आएकोले १४ दिनको आइसोलेसन बसाई पछि डिस्चार्ज गरिएको गोरखा अस्पतालले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार