गोरखाखबर(काठमाण्डौं,२६ भदौं) ।। नेपाल शुक्रवार थप १ हजार ४ सय ५४ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै अहिले सम्म संक्रमण पुष्टि हुनेको संख्या ५१ हजार ९ सय १९ जना पुगेको छ ।
देशभर १४ हजार ९ सय२५ जना संक्रिय संक्रमित रहेका छन । कोरोना संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ । यो संख्या सँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ सय २२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।