गोरखाखबर(काठमाण्डौं, २४ भदौ) । कोरोना भाइरस संक्रमणका कारण नेपालमा थप ६ जनाको मृत्यु भएको छ । बुधवार मृत्यु पुष्टि भएका मध्ये काठमाण्डूमा ८३ वर्षीया महिला र ६७ वर्षीय पुरुष रहेका छन्।

त्यस्तै कास्कीकी ७३ वर्षीया र बाँकेको ८० वर्षीया महिलाको मृत्यु भएको छ भने अर्घाखाँचीका ४२ वर्षीय र नवलपरासीमा ६४ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार