गोरखा नगरपालिकामा शनिवार(भोली) देखि निषेधाज्ञा


गोरखा खबर
  • शुक्रबार, भाद्र १९ २०७७

  • गोरखाखबर(गोरखा,१९ भदौं) । जिल्ला प्रशासन कार्यालयले गोरखा नगरपालिका क्षेत्रमा शनिवार देखि एकसाता निषेधाज्ञा जारी गरेको छ । नगरका विभिन्न वडाहरुमा शुक्रवार एकैदिन २० जनामा कोरोना संक्रमण पुष्टि भए पछि बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

    गोरखा नगरपालिका भर जारी निषेधाज्ञा भदौ २० मध्यान्ह १२ बजे देखि भदौं २६ गते राती १२ बजे सम्म जारी रहने छ । निषेधाज्ञ अवधिभर अत्यावश्यक सेवाका सवारी साधन बाहेक अरु सवारी साधन चल्न नपाउने, स्वास्थ्य ,सुरक्षा, सञ्चार, विद्युत र खानेपानी लगायत अत्यावश्यक कार्यालय बाहेक बैंक तथा वित्तिय संस्था सहित सबै कार्यालयहरु बन्द रहने, औषधीजन्य पसल , पेट्रोल पम्प र ग्याँस डिपो खुल्ला रहने, तरकारी , फलफूल, खाद्यान्न र दुध डेरी पसल निश्चित समय खुल्ने, अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन नपाउने, भिडभाड गर्न नपाउने , बाहिर निस्कदा अनिवार्य मास्क लगाउनुपर्ने लगायतका कुराहरु जिल्ला प्रशासन कार्यालय गोरखाले जारी गरेको सुचनामा उल्लेख छ ।यसैगरी गोरखा नगरपालिकाले पनि एक सुचना जारी गरेर समुदायमा कोरोना संक्रमण बढ्दै गएकोले संक्रमणको जोखिम नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञा पालना गर्न नगरवासीमा अपिल गरेको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार