गोरखाखबर(काठमाण्डौं, १० भदौं) । नेपालमा बुधवार थप ८ सय ८५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ३४ हजार ४ सय १८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हालसम्म ६ लाख ३५ हजार २ सय ५२ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण भइसकेको छ । कूल संक्रमित मध्ये १९ हजार ५ सय ४ जना निको भएर डिस्चार्ज भइसकेका छन ।