गोरखाखबर(काठमाण्डौं, ५ भदौं) । नेपालमा विभिन्न जिल्लाका गरी शुक्रवार थप ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार ४ सय ८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म कोरोनाको आंशकामा १२ हजार २ सय ३४ जना क्वारेन्टाइनमा बसेका छन्। गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरी १३ हजार ५ सय ७९ जनाको नमुना परीक्ष्ण गरिएको थियो । मन्त्रालयका अनुसार कोरोना निको भएर घर फर्कनेको संख्या १८ हजार २सय १४ पुगेको छ ।