कोरोना जोखिमले जिल्ला प्रशासन कार्यालयको सेवा पनि बन्द


गोरखा खबर
  • बिहिबार, साउन २९ २०७७

  • गोरखाखबर(गोरखा,२९ साउन) । कोरोना भाइरस संक्रमणको जोखिमका कारण जिल्ला प्रशासन कार्यालय गोरखाले प्रदान गर्ने सेवा पनि शुक्रवार देखि बन्द हुने भएको छ ।

    जिल्लास्तरीय कोभिड –१९ संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार प्रशासन कार्यालयले दिदै आएको नागरिकता, राहदानी, हातहतियार, राष्ट्रिय परिचयपत्र तथा सिफारिस, संघसंस्था लगायतका कार्यहरु अर्काे निर्णय नभए सम्म लागि बन्द हुने भएको हो । जिल्ला प्रशासन कार्यालय गोरखाले बिहीवार एक सुचना जारी गरेर सेवा बन्द गर्दा सेवाग्राही पर्न जाने असुविधा प्रति क्षमाप्रार्थी रहेको जनाएको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार