गोरखामा थपिए ३ कोरोना संक्रमित


गोरखा खबर
  • सोमबार, साउन ५ २०७७

  • गोरखाखबर(गोरखा,५ साउन) । गोरखाका थप ३ जनामा सोमवार कोरोना संक्रमण पुष्टि भएको छ । विदेशबाट आएर क्वारेन्टाइनमा बसेका भीमसेन थापा गाउँपालिका वडा नं ६ का २८ वर्षका पुरुष शहिद लखन गाउँपालिका वडा नं ३ का २५ वर्षका पुरुष र पालुङटार नगरपालिका वडा नं ५ का २९ वर्षका पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    यो संगैं गण्डकी प्रदेशमा कूल संक्रमित १३२० जना पुगेको छ । संक्रमित मध्ये अहिले निको भएर १०१८ जना घर फर्केको पनि निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार