सिरानचोकका थप एकजनामा पुष्टि भए संगै गोरखामा कूल संक्रमित १०० पुग्यो


गोरखा खबर
  • आइतबार, असार २८ २०७७

  • गोरखाखबर(गोरखा,२८ असार) । गोरखाको सिरानचोकका एकजनामा आइतवार कोरोना संक्रमण पुष्टि भएको छ । भारत बाट आएर आहालभन्जाङ माविको क्वारेन्टाइनमा बसेका ३८ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

    संक्रमण पुष्टि भएका ति व्यक्ति सिरानचोक गाउँपालिका वडा नं ६ का हुन । यो संगै गोरखामा संक्रमण पुष्टि हुनेको संख्या १०० पुगेको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार