नेपालमा कोरोना संक्रमितको संख्या १०,७२८ पुग्यो


गोरखा खबर
  • बुधबार, असार १० २०७७

  • गोरखाखबर(काठमाण्डौं,१०असार) । नेपालमा थप ६ सय २९ जनामा कोरोना पोजेटिभ देखिएसँगै संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ । बुधबार १ सय १० जना महिला र ५ सय १९ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    अहिले देशका विभिन्न अस्पतालमा ८ हजार ३ सय ६६ जना उपचाररत रहेका छन् । क्वारेन्टिनमा ७८ हजार ६ सय ३९ जना रहेका छन् । अहिलेसम्म कोरोनाबाट २४ जनाको मृत्यु भएको छ ।बुधबार १ सय १४ जना संक्रमित डिस्चार्ज भएसँगै अहिलेसम्म २ हजार ३ सय ३८ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार