मुस्ताङका ८३ वर्षीय सहित ५० जनामा संक्रमण पुष्टि, गण्डकीमा कूल संक्रमित ४८८ पुग्यो


गोरखा खबर
  • शनिबार, असार ६ २०७७

  • गोरखाखबर(गोरखा,६ असार) । गण्डकी प्रदेशका मुस्ताङ सहित ४ जिल्लामा शनिवार थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै गण्डकी प्रदेशमा कूल संक्रमितको संख्या ४८८ पुगेको छ ।

    प्रदेशको मुस्ताङ जिल्लामा पहिलोपटक संक्रमित देखिएको हो । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराले शनिवार साँझ ७.४५ बजे प्रकाशित गरेको प्रेस विज्ञप्तीका अनुसार नवलपरासी (बर्दघाट पूर्वमा) १८ जना, बाग्लुङमा २९ जना, तनहुँमा २ जना र मुस्ताङमा १ गरी कूल ५० जनामा संक्रमण पुष्टि भएको हो । मुस्ताङका पुष्टि भएका संक्रमितमा घरपजोङ गाउँपालिका ८३ वर्षका पुरुष छन ।यो संगै गण्डकी प्रदेशमा संक्रमित नदेखिएको जिल्ला कुनै पनि छैन ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार