किन ल्याइयो गोरखा जिल्ला अदालत ? जेल ब्रेकर उमा भुजेल लाई


गोरखा खबर
  • बुधबार, जेष्ठ २१ २०७७

  • गोरखाखबर(गोरखा,२१ जेठ) । नेतृ उमा भुजेल गोरखा जिल्ला अदालतमा उपस्थित पछि पुन प्रहरी हिरासतमै फर्काइएको छ ।सरकारद्वारा प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेकपा माओवादीकी पोलिटव्युरो सदस्य भुजेल लाई सार्वजनिक शान्ति विरुद्धको मुद्दामा बुधवार गोरखा जिल्ला अदालतमा उपस्थित गराएको हो ।

    विभिन्न जिल्लाका अदालतका गरी करिब एक दर्जन भन्दा बढी मुद्दा खेपिरहेकी नेतृ भुजेल लाई मंगलवार कैलालीबाट अड्डासार गर्दै गोरखा ल्याएको हो । गोरखा जिल्ला अदालतमा बयान गरिएता पनि समय अभावले थुनछेक आदेश हुन नभ्याएकोले बुधवार पुन प्रहरीले नै फिर्ता ल्याएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । गत पुस १२ गते सुनसरीबाट भुजेल लाई प्रहरीले पक्राउ गरेको थियो । उनलाई बिहीवार पनि थुनछेक आदेशका लागि गोरखा जिल्ला अदालत लगिदै छ । उनी माथी हातहतियार खरखजाना, कर्तव्य ज्यान, संगठित अपराध, सार्वजनिक शान्ति बिरुद्ध अपराध लगायतका मुद्दाहरु रहेको छ ।

    को हुन उमा भुजेल ?
    गोरखा अजिरकोट गाउँपालिका वडा नं ३ काफलडाँडाकी ४१ वषीया उमा भुजेल नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेकपाकी पोलिटव्युरो सदस्य एवं मेचीकोशी इन्चार्ज हुन । सभासद् समेत रहिसकेकी उमा भुजेल गोरखा जेल तोड्ने महिला कमाण्डर हुन् । अन्तरिम व्यवस्थापिकामा समेत विधायक रहेकी भुजेल माओवादी राज्य समिति सदस्य थिइन् । सानैदेखि राजनीतिमा सहभागी भए पनि ०४८ देखि विद्यार्थी राजनीतिमा आबद्ध भएर राजनीतिमा होमिएकी भुजेल लामो समयसम्म कलाकार रहिन् । ०५३मा माओवादी जिल्ला समिति सदस्य त्यसपछि सचिव र इन्चार्ज समेत बनिन् । ०६०मा माओवादी केन्द्रीय सदस्य बनिन् । कपिलवस्तु, अर्घाखाँची, गुल्मी, तनहु जिल्लामा जनयुद्धका क्रममा काम गरिन् ।जनयुद्धक्रममा भुजेलले लामो समय सैन्य जीवन बिताइन् । ०५२ मा स्वयंसेवक दलदेखि प्लाटुन कमाण्डर हुँदै बृगेड कमिसार बनेकी भुजेलले एक वर्ष जेल जीवन बिताइन् । ०५७ चैत १७ गते भुजेल नेतृत्वमा महिलाहरूले जेल तोडेका थिए ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार