स्थानीय तह लाई नागरिक साझा सवालले बुझायो ध्यानाकर्षण पत्र


गोरखा खबर
  • मंगलबार, बैशाख ३० २०७७

  • गोरखाखबर(गोरखा,३० बैशाख) । नागरिक साझा सवालले मंगलवार गोरखाका स्थानीय तहहरु लाई विभिन्न सुझाव सहित १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । विभिन्न संस्थाका सञ्जालका रुपमा क्रियाशील नागरिक साझा सवालले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको जोखिम रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहले गर्नुपर्ने कामहरु बारे बुँदागत रुपमै ध्यानाकर्षण गराएको छ ।

    सवालका संयोजक स्थानेश्वर दुवाडीद्वारा हस्ताक्षरित ध्यानाकर्षणपत्रमा कोरोना महामारीको अवसर छोपी बजारमा बस्तु तथा सेवा प्रवाहमा अवरोध श्रृजना हुने, बजार भाउ वृद्धि गर्ने, अत्यावस्यक वस्तु र सेवा नदिने आवस्था श्रृजना हुने भएकाले नियमित वजार अनुगमन गर्नुपर्ने,स्थानीय तहहरुले सञ्चालन गर्ने विकास निर्माणका आयोजनाहरुमा बाहिरी जिल्लाबाट मजदुर ल्याउदा उच्च जोखिम हुने भएकाले स्थानीय मजदुर प्रयोग गरी काम अघि बढाउनुपर्ने, स्थानीय सरकारको आर्थिक बर्ष २०७७/७८ को नीति कार्यक्रम तथा वजेट योजना तर्जुमा प्रकृयालाई तत्काल शुरु गरी समयमै वजेट सार्वजाजिक गर्न र वजेट तर्जुमा गर्दा वर्तमान परिस्थितिको आँकलन गर्ने एवं कृषि, स्वास्थ्य, शिक्षा र विपद ब्यवस्थापनलाई उच्च प्राथमिकता दिनुपर्ने लगायतका सुझाव उल्लेख छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार