गोरखाखबर(गोरखा,२६चैत) । पालुङटार नगर क्षेत्र भित्रका ज्याल मजदुरी गर्ने विपन्न मजदुरहरुका लागि गोरखा जिल्ला फुटबल संघ(एन्फा)ले खाद्य सामाग्री सहयोग गरेको छ ।

कोरोना भाइरस सतर्कताका लागि गरेको लकडाउनको मारमा परेका ज्याला मजदुरी गरी जीविकापार्जन गर्दै आएकाहरुका लागि एन्फाले चामल र दाल सहयोग गरेको हो । खाद्य सामाग्री पालुङटार नगरपालिकाका प्रमुख दिपक बावु कँडेल लाई हस्तान्तरण गरिएको गोरखा जिल्ला फुटबल संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठले जानकारी दिए । संघले गोरखा नगरपालिकामा पनि खाद्य सामाग्री यस अघि नै हस्तान्तरण गरिसकेको छ ।