गोरखाखबर(गोरखा,१ माघ) । रक्सी खाएका दुई जना बीच विवादका क्रममा कुटाकुट हुदा बुधवार गोरखा नगरपालिका वडा नं ८ रानीवनका ५९ वर्षीय गोपाल उपरकोटीको मृत्यु भएको छ ।

गोरखा नगरपालिका वडा नं ६ का रामबहादुर सिर्मलको कुटाईबाट बेहोस भएका उपरकोटी लाई अस्पताल पु¥याए लगत्तै स्वास्थ्यकर्मीले मृत घोषणा गरेको थियो । नाता पर्ने दुवैजना बीच रक्सी खादाखादै भएको विवादमा कुटाकुट हुदा मृत्यु भएको र सिर्मल लाई पक्राउ गरेर अनुसन्धान गरिरहेको गोरखाका एसपी ओम प्रसाद अधिकारीले जानकारी दिए ।