गोरखाखबर(गोरखा,२९ मंसिर) । गोरखाको धार्चे गाउँपालिका भित्रका विद्यालयहरुमा स्थानीय गुरुङ समुदायले बोल्ने भाषा पनि मातृभाषाको रुपमा पढाई हुने भएको छ ।

उत्तरी गोरखा समाजको सहयोगमा उक्त पालिका भित्रका २४ विद्यालयमा पढाई हुने गरी गाउँपालिकाले तयार पारेको पुस्तकको एक कार्यक्रम बीच शिक्षा मन्त्रालयका सहसचिव कृष्ण काप्रीले विमोचन गरे । गाउँपालिकाले तयार गरेको शिक्षा अनुसार नै स्थानीय मातृभाषाको एकहजार थान पाठ्यपुस्तक छपाएर वितरण गरिएको हो । अहिले देवनागरी लिपीमा प्रकाशन गरिएको पुस्तक पछिका शैक्षिक सत्रहरुमा खेमा लिपिमा पनि प्रकाशन गरिने गाउँपालिकाका अध्यक्ष सन्त बहादुर गुरुङले जानकारी दिए । मातृभाषाको पाठ्यक्रम गत वर्ष तयार गरिएको हो ।