गोरखाखबर(गोरखा,२८ मंसिर) । गण्डकी गाउँपालिका वडा नं ८ शनिवार देखि विद्युत काठेपोल मुक्त वडा घोषणा भएको छ ।गोरखा क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य हरिराज अधिकारीको प्रमुख आतिथ्यतामा भएको एक कार्यक्रम बीच वडा लाई काठेपोल मुक्त घोषणा गरिएको हो ।

कार्यक्रम बोल्दै प्रतिनिधि सभा सदस्य हरिराज अधिकारीले सिंहदरबारको अधिकार गाउँमा भन्ने नारा भाषणमा नभइ वर्तमान सरकारले व्यवहारमा क्रमश पूरा गर्दै गएको दाबी गरे । वडामा रहेको करिब ५ हजार वटा काठेपोल विस्थापन गरेर फलामको पोल राखिसकेकोले घोषणा गरिएको गण्डकी गाउँपालिका वडा नं ८ का वडाध्यक्ष रामप्रसाद रेग्मीले जानकारी दिए ।