गोरखाखबर(गोरखा,३० कात्तिक) । बारपाक सुलिकोट गाउँपालिका वडा नं ६ का ५० वर्षीय काले बराम बिहान मृत भेटिएका छन ।

शुक्रवार खेतमा गएका बराम घर नफर्किए पछि खोजी गर्ने क्रममा शनिवार बासपानी भिरमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । बाटो भन्दा करिब ३ सय मिटर तल मृत अवस्थामा भेटिएकोले भिरबाट लडेको हुन सक्ने प्रहरीको अनुमान छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार