सामान्य बदली बाहेक तीन दिन मौसम सफा रहने


गोरखा खबर
  • सोमबार, असोज २७ २०७६

  • गोरखाखबर(गोरखा,२७ असोज) । देशको केही भागमा मौसम बदली भएता पनि देशभरको मौसम तीन दिन( असोज २७ देखि २९ सम्म ) सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले सोमवार साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनका अनुसार तीन दिन सम्म देहाय बमोजिम रहने उल्लेख छ ।


    देशभर समग्र मौसमको अवस्था :हाल देशको पहाडी भुभागमा आंशिक बदली र बांकि भु-भागमा सामान्यतया सफा रहेको छ ।
    असोज २७ गते (सोमबार) :
    राती: देशको पहाडी भु(भागमा आंशिक बदली रही बांकि भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
    असोज २८ गते (मंगलबार):
    दिउँसो: देशको पहाडी भु-भागमा आंशिक बदली रही अपरान्ह पछि मध्य र पश्चिमका १/२ स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ र बांकि भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
    राती: देशको पहाडी भु-भागमा आंशिक बदली रही बांकि भु-भागमा मौसम सामान्यया सफा रहनेछ ।
    असोज २९ गते (बुधबार)
    दिउँसो: देशको पहाडी भागमा आंशिक बदली रही अपरान्ह पछि मध्य र पश्चिमका १र२ स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ र बांकि भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
    राती: देशको पहाडी भु-भागमा आंशिक बदली रही बांकि भु-भागमा मौसम सामान्यया सफा रहनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार