गोरखाखबर(गोरखा,१० असोज) । पकेट मार्ने काममा संलग्न भएको आरोपमा पक्राउ गरेको दुई भारतीय महिला लाई गोरखा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा गोरखा कारागार पठाएको छ ।
गत भदौं २९ गते तेह्रकिलोमा स्थानीय पनिमाया गुरुङ्गको २० हजार चोरी गरिरहेको अवस्था पक्राउ परेका मजफ्फपुर थानाकाटी भारत बस्ने बर्ष ३० की उषादेवी पासी र बर्ष २० की चन्द्रमुखी पासीलाई शुक्रवार अदालतले पुर्पक्षका लागि थुनामा पठाएको हो ।