गोरखामा मावि र निमावि लाइसेन्स परीक्षाकेन्द्र निर्धारण ( केन्द्र,विषय र सिम्वल नम्वर सहित)


गोरखा खबर
  • बुधबार, असोज ८ २०७६

  • गोरखाखबर(गोरखा,८ असोज) । शिक्षक सेवा आयोग, सानोठिमी भक्तपुरले लिने निम्न माध्यमिक र माध्यमिक तहको शिक्षक अध्यापन अनुमति पत्र ( लाइसेन्स) परीक्षा केन्द्र गोरखामा पनि तोकिएको छ । २०७६ असोज १० र ११ गते बिहान ८ बजे देखि सञ्चालन हुने परीक्षाका लागि गोरखामा माध्यमिक तहका लागि ३ वटा केन्द्र र निम्न माध्यमिक तहका लागि ६ वटा केन्द्र तोकिएको हो ।

    माध्यमिक तहका लागि गोरखा नगरपालिका –६ स्थित बालमन्दिर मावि नेपाली र लेखा विषय परीक्षार्थी, शक्ति मावि(क) मा अंग्रेजी र गणित र शक्ति मावि(ख)मा सामाजिक,विज्ञान, कवि, कइ, सइ, वावती र कानुन परीक्षार्थी रहेका छन । त्स्तै गोरखा नपा–६ बालमन्दिर माविमा नेपाली, शक्ति मावि(क) मा नेपाली, शक्ति मावि(ख) नेपाली, महेन्द्रज्योति मावि नेपाली र अंग्रेजी, गोरखा नपा–८ सरस्वति मावि आहाले(क) अंग्रेजी ,सरस्वति मावि आहाले (ख)गणित र विज्ञान र द वल्ड क्यापिटल मावि रानीवन (क) सामाजिक विषयका परीक्षार्थीका लागि केन्द्र तोकिएको छ । (केन्द्र र सिम्वल नम्वर सहितको सुचना)

    प्रतिक्रिया

    सम्बन्धित समाचार